नुवाकोट/
जिल्लामा रहेको पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालय पशु विज्ञानतर्फको दोस्रो वर्षको दोस्रो खण्डको नतिजामा देशकै सर्वोत्कृष्ट बन्न सफल भएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)द्वारा सञ्चालित परीक्षाको नतिजाअनुसार शिक्षालय पशु विज्ञानतर्फ पहिलो बन्न सफल भएको निमित्त शिक्षालय प्रमुख प्रकाश रैलाले जानकारी बताए।

नुवाकोट र रसुवा जिल्लाकै एकमात्र आंगिक (सरकारी) शिक्षालय यो नतिजाले देशकै अब्बल प्रमाणित भएको उनको भनाइ छ। ‘सिक, कमाऊ र तिर’ भन्ने अवधारणा सहित सञ्चालित शिक्षालयबाट पशु विज्ञान तर्फ परीक्षा दिएका २७ जनामध्ये २४ जना उत्तीर्ण भएको छ। जसअनुसार ८८.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको उनले बताए।

यस्तै बाली बिज्ञानतर्फ बाग्मती प्रदेशकै तेस्रो स्थान हासिल गर्न सफल भएको छ। जसअनुसार २३ जनामा २० जना उत्तीर्ण (८६.९५प्रतिशत) भएको जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x