नुवाकोट /
मनसुन थप सक्रिय भई २० असार बिहीबारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ।

आज सोमबारदेखि पाँच दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भीषण (भारी) वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भीषण (धेरै भारी) वर्षाको समेत चेतावनी दिइएको छ। नेपालमा १४ असारदेखि देशभर मनसुन सक्रिय छ। मनसुन सक्रिय भई वर्षा हुँदा बाढीपहिरोका घटना पनि बढेका छन्।

३४ जिल्ला रेडजोनमा:

वर्षाका कारण बाढीपहिरोको जोखिम पनि बढेको छ। यसमध्ये पनि धेरै भीषण वर्षाको आकलन गरिएकाे र यसअघिबाट पनि वर्षा भइरहेका प्रदेशका ३४ जिल्लालाई महाशाखाले रेडजोनमा राखेको छ।

रेडजोन अर्थात् बाढीपहिरोको जोखिम धेरै रहेका जिल्ला कोशीमा १३ वटा छन्। कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा विपतको जोखिममा छन्।

यसैगरी, बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा पनि रेडजोनमा छन्।

म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवपरासी पूर्व र लमजुङलाई पनि महाशाखाले रेडजोनमा राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय