नुवाकोट /
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको, गलत प्रतिवेदन तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि लागेको छ। आयोगले आरोपीविरुद्ध समान ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ बराबरको बिगो दावी गरेको छ।

आयोगले नगरपालिकाका योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध पनि ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ बराबरको बिगो दावी गरेको छ।

आयोगले जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध भने कैद र जरिवानाको मात्रै माग दावी गरेको छ।

बागमती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ बिक्रीमा अनियमितता गरेको आरोप उनीहरुमाथि लागेको छ।

आयोगले आरोपीहरुविरुद्ध बिगोअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय