नुवाकोट /
नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरको छ ।
पक्राउ पर्नेहरुमा दोलखाको जिरी नगरपालिका-९ बस्ने २५ वर्षीया मञ्जु भनिने श्रृजना तामाङ घिसिङ र नुवाकोटको बलकोटगढी नगरपालिका–४ बस्ने २६ वर्षीया निशा भनिने रमिला नेपाली छन् ।


उनीहरुलाई मानव बेचबखिचन अनुसन्धान ब्यूरोको टोलीले मित्रपार्कबाट पक्राउ परेको हो । उनीहरुले काठमाडौंको मित्रपार्कमा ‘स्वागतम रेष्टुरेन्ट एण्ड बार’ सञ्चालन गरी नाबालिकालाई उनीहरुको इच्छा विपरीत यौन क्रियाकलापमा लगाउने गरको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए।
उनीहरुले आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई वेटरको काम भन्दै जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको आरोप छ । दैनिक ५ देखि १५ जना ग्राहकसँग यौन सम्पर्क गर्न लगाई रेष्टुरेन्ट सञ्चालकले रकम उठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ग्राहकले दिएकोमध्ये आधा रकम नाबालिकालाई दिने प्रलोभन देखाए पनि उक्त रकम समेत उनीहरुले नदिने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुविरुद्ध मानव बेचखिन तथा आसोरपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
