नुवाकोट /
जिल्लाको तादी खोलामा डुबेर २ जनाको मृत्यु भएको छ। शनिबार तादी खोलामा पौडी खेल्ने क्रममा २ जनाको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्युु हुनेमा ककनी गाउँपालिका वडा नम्बर -४ का १८ बर्षिय हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नम्बर १० का १९ बर्षिय रोजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।


मृतकहरुको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुलिमा राखिएको छ।
