कप्तान रोहितकुमार पौडेलको शतकिय पारीको मद्दतले नेपालले वेष्ट इन्डिजविरुद्धको पहिलो टी–२० खेल चार विकेटले जितेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले कप्तान रोस्टन चेसको अर्धशतक मद्दतमा दुई सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो।

नेपालको इनिङ्समा कप्तान रोहितकुमार पौडेलले शतक बनाए। उनले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका हुन्। त्यसअघि, रोहितले १७.२ ओभरमा ४६ बल खेल्दै १० चौका र पाँच छक्कासहित शतक बनाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय