नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङमा जारी ‘बागमती प्रदेश स्तरिय खुला पुरुष भलिबल’को प्रथम उपाधी पञ्चकन्या गाउँपालिकाले जितेको छ। आज बुधबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा आयोजक म्यागङ गाउँपालिकालाई पराजित गर्दै उपाधी चुमेको हो।

म्यागङ क्लबका अध्यक्ष विजय गुरुङले संचालन गरेको समापन कार्यक्रममा बहादुरसिंह लामाको प्रमुख आतिथ्यता र रमेश कुमार महतको विशेष आतिथ्यता रहेको थियो।

१० टिमको सहभगिता रहेको उक्त प्रतियोगितामा आयोजक म्यागङ गाउँपालिका द्वितीय ,दुप्चेश्वर गाउँपालिका तृतीय र नेत्रावती डब्जोङ गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय