नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर -५ सामरी भञ्ज्याङमा बागमती प्रदेश स्तरीय अन्तरपालिका पुरुष भलिवल प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता आगामी वैशाख ७ गएदेखी १२ गतेसम्म हुन लागेको हो।

म्यागङ गाउँपालिकको मुख्य आयोजना तथा म्यागङ गाउँपालिका युवा क्लबको सह आयोजनामा हुन लागेको उक्त प्रतियोगिता सामरीको जाल्पादेवी मन्दिर प्रांगणमा हुनेछ।

२०७२ साल भुकम्पको (सम्झना) स्मृतिको रूपमा उक्त प्रतियोगिता हुँदैआएको छ।

पुरस्कार राशी:

प्रथम : ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ

द्वितिय : २ लाख २ हजार २ सय २२ रुपैययाँ

तृतीय : ५० हनार ५ सय ५५ रुपैयाँ

सान्त्वना : २५ हजार ५ सय ५० रुपैयाँ साथमा प्रमाणपत्र, मेडल, ट्रफी पनि प्रदान गरिने छ ।

सम्पर्क नं ९८६०९१९११८ (पाल्देन लामा) ९८५११७७८४१ (विजय गुरुङ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय