भर्याङ भुरुङ/
धादिङ जिल्लाको नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट भई जिल्लामा प्रथम हुन सफल भएको छ। जिल्लाको १३ वटा स्थानिय तह मध्ये कार्यसम्पादन मूल्याङ्कनमा नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट बन्न सफल भएको हो।

यस्तैगरी उक्त गाउँपालिका देशभरिका पालिका मध्ये पनि छैटौँ स्थान हासिल गर्न सफल भएको छ।

नेत्रावती डवजोङ गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४८.७१ अंक हासिल गरेर जिल्लामा प्रथम भई उत्कृष्ट स्थानिय तह बन्न सफल भएको हो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्यांकन अनुसार धादिङमा सिद्धलेक गाउँपालिका दोस्रो र निलकण्ठ नगरपालिका तेस्रो हुन सफल भएको छ। आयोगको प्रतिवेदन अनुसार सिद्धलेक गाउँपालिकाले ४८.६० र नीलकण्ठ नगरपालिकाले ४४.०० अंक प्राप्त गरेका छन्।

आगामी आ.व. २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय