आजको राशिफल बि.सं.२०८० माघ २७ गते शनिबार ई.सं.२०२४ फ्रेवरी १० नेपाल सम्बत ११४४ सिल्लाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल प्रतिपदा, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, वरियान योग, किंस्तुघ्न करण। आज नेपालमा सूर्योदय बिहान ०६: ४५ बजे, सूर्यास्त साँझ ०५: ५१ बजे हुनेछ। आज जन्म लिने बच्चा मकर राशीको हुनेछ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०८ मिनेट देखि ०९ बजेर ३१ मिनेट सम्म छ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ। ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ। आज सोनाम ल्होसार-श्रीबल्लभ जयन्ती रहेको छ।

मेष : दिन राम्रो छ। आफ्नो बाटो बनाउनुपर्नेछ। अरुसँग अपेक्षा गर्नु गलत हुनेछ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। यात्रामा खर्च हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी राम्रो छ। नसोचेको ठाउँबाट राम्रो लाभ हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा भने समस्या हुनसक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ। परिवारको साथ र सहयोग रहनेछ।

मिथुन : दिन राम्रो छ। वैदेशिक क्षेत्रमा राम्रो फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध राम्रो छ।

कर्कट : दिन सामान्य छ। व्यवस्थापन गर्न नजान्दा विवादको सामना गर्नुपर्ने छ। लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। रोगले सताउने योग छ। यात्रामा जोखिम रहेकाले सचेत हुनु राम्रो हुन्छ। पुराना साथीसँग भेट हुने योग छ। परिवारबाट सहयोग मिल्नेछ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पुरानो रोग निको हुँदै जानेछ। गुरुबाट असहयोग रहे पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

तुला : दैनिकी राम्रो छ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो फाइदा हुन्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको सहयोग मिल्नेछ।

वृश्चिक : समय सामान्य राम्रो छ। आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप हुनसक्छ। कुरा काट्नेहरु सक्रिय छन्। शिक्षाको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सफल बन्नेछ।

धनु : दिन राम्रो छ। व्यापारबाट फाइदा हुनेछ। नयाँ ठाउँको या त्रा रमाइलो बन्नेछ। शिक्षामा अगाडि बढ्ने उत्साह मिल्नेछ। परिवारको साथ राम्रो छ। रोग बढ्ने भएकाले खानपानमा ख्याल गर्नुपर्छ।

मकर : दैनिकी सामान्य राम्रो छ। बोलीको जालमा पर्ने जोखिम भएकाले सोचेर बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्र भने विवादित रहेको छ। तपाईंको काममा परिवार सकारात्मक छ।

कुम्भ : दैनिकी सामान्य राम्रो छ। झुटा आरोप लाग्नसक्ने देखिन्छ। शनिदेवको छाया रहेकाले वर र पिपलको दर्शन गरेमा सबै काम सफल हुनेछ। परिवारमा खटपट हुनसक्छ। प्रेम सम्बन्धलाई संयमित भएर अगाडि बढाउनुपर्छ।

मीन : दिन राम्रो छ। माया मारेको धन प्राप्त हुनसक्छ। स्वदेशमै लगानीको सम्भावना देखिन्छ। परिवारबाट निरन्तर सहयोग हुनेछ। स्वास्थ्य र शिक्षामा राम्रो सफलता मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय