नुवाकोट /
नेपाली काङ्ग्रेस पार्टीको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ विदुर नगरपालिकाको कार्यसमितीमा धन ब. तामाङ (डिबि) को नेतृत्वमा १५ सदस्यीयको नयाँ कार्यसमिति गठन भएको हो ।

विदुर नगरपालिका कार्यसमितिद्वारा आयोजित कार्यक्रम जिल्ला पार्टी कार्यालयको सभा हल विदुरमा सम्पन्न प्रथम नगर अधिवेशन २०८० बाट सर्वसम्मतमा चयन भएको नयाँ कार्यसमितिका पदाधिकारीहरु:-

अध्यक्ष:  धन ब. तामाङ (डिबि)
उपाध्यक्षद्वय: विद्या तामाङ, चिरण डंगोल
सचीद्वय: ईन्द्र बहादुर तामाङ, दशरथ तामाङ,
सह-सचीवद्वय: बिर ब. राई, बिर माया  तामाङ
कोषाध्यक्ष: कृष्ण माया श्रेष्ठ,
महिला सदस्यद्वय: लक्ष्मी घले, पबित्र राना मगर
सदस्यहरु: कुमार मलेगु, विश्व श्रेष्ठ, ज्ञान बहादुर कुमाल, राजु तामाङ, शान्त तामाङ मनोनित भएका हुन।

नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघ विदुर नगरका सभापति गोबिन्द चित्रकारको सभापतित्वमा नु.ने.का. महासमिति सदस्य गिता अमात्यको प्रमुख आतिथ्यमा तथा नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघ नु.जि.सभापति भाग्यश्री लामाको विशेष आतिथ्यमा सम्पन्न भएको प्रथम नगर अधिवेशनमा ने.का.नु. नगर सभापति हरिलाल श्रेष्ठ, नुवाकोट ने.का.क्षेत्र २ को कोषाध्यक्ष जितेन तामाङ लामा लगायत जिल्ला, वडा इकाई सभापतिहरु,वडा सचिवहरु,प्रतिनिधिहरु साथै अन्य नेता तथा कार्यकर्ताहरु, मिडिया कर्मिहरुको उपस्थिति रहेको थियो।

औपचारिक कार्यक्रमको सहजीकरण महासंघ विदुर नगरका निवर्तमान सचीव शेर बहादुर तामाङले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय