नुवाकोट /
यसवर्षको माघे संक्रान्तिमा रसुवा र नुवाकोटको संगम स्थल बेत्रावतीमा नौ हल गोरु जुधाइने भएको छ।

आज माघ १ गते हुने गरेको मेलामा रसुवाको बेत्रावती रसुवा र नुवाकोटमा किसानहरुले पालेका नौ हल गोरु जुधाउन आवश्यक तयारी पुरा भएको गोसाईकुण्ड युवा क्लबले जनाएको छ।

नेपाल र तिब्बतबीच वि. सं १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुसियालीमा मनाइने गोरु जुधाइले ग्रामीण पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने गरेको छ। बेत्रावतीमा गोसाइँकुण्ड युवा क्लबले ०५३ सालदेखि व्यवस्थित रुपमा गोरु जुधाउने मेला सञ्चालन गर्न थालेको छ।

त्यस्तै, वि.सं. १८८७ सालदेखि नुवाकोटको तारुकामा सुरु भएको गोरु जुधाइलार्ई ०६२ सालदेखि स्थानीय युवाहरुले संस्कृतिको संरक्षण तथा पर्यटनको प्रवर्द्धनमा केन्द्रित रहेर व्यवस्थित रुपमा आयोजना गर्न थालेको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय