साउदी अरेबिया/
पृथ्बीमा बड्दो तापक्रमकोसमस्या रहेकोले विश्व जलवायु परिवर्तन विरुद्ध लड्न सचेतना जगाउने उद्देश्यका साथ विश्वव्यापी यात्राको क्रममा धेरै देशहरु घुम्दै साउदी अरब आईपुगेका नेपाली साइकल यात्री शुभप्रसाद शर्मालाई नेपाली साझा मंच साउदीले सम्मान गरेको छ ।
नेपाल चावहिल,काठमाडौंका यात्री शर्मा जलवायु परिवर्तनको बारेमा सचेतना जगाउनको लागि “पृथ्वी बचाउ” भन्ने नाराका साथ गत १ बैशाख २०८० बाट आफ्नो साइकल यात्रा सुरु गरेका विश्वव्यापी भवानी गोर्खावाच शुभयात्रा अभियान साइकल यात्रामा निस्किदै गर्दा अहिलेसम्म १८ औं देशको यात्रा गर्दै जनचेतनामुलक संदेश दिदै साउदि अरब आइपुगेका हुन् । उनले आगामी ५ वर्षभित्र १५० देशको भ्रमण गर्ने लक्ष्य राखेका छन्।


जटिल र गम्भीर अवस्था रहेको वातावरणीय अबस्था आम मानिसलाई उनीहरुकै भाषामा बुझाउन चाहेको भन्दै शर्माले आफ्नो आदर्श वाक्य सेभ द प्लानेट प्रचार गर्न साइकल यात्रा रोजेको बताए ।
“म एक साधारण मानिस हुँ, र यस विषयमा मेरो रुचिको कारणले गर्दा म जलवायु परिवर्तनको संकटबारे सचेत छु। तर कति जना सर्वसाधारण सचेत छन् ? धेरैले अझै पनि यसलाई अफवाह ठान्छन्। म यस ग्रहलाई बचाउन आफ्नो केही गर्न चाहन्थे, त्यसैले मैले साइकलमा संसार घुम्ने निर्णय गरें।
कुवेत भिसाको पर्खाईमा रहेको उनी अहिले साउदीको पुर्बी क्षेत्र रहेको छन् ,उनलाई पानस साउदी अरेबिया , एनआरएनए साउदी लगायत विभिन्न संघसंगठन र ब्यक्तित्वहरुले आतिथ्य गरेको बताए।
विभिन्न देश घुम्ने क्रममा बहराइन विशेष रहेको ,त्यहाँको संसद सदस्य सहभागी भएको वृक्षारोपण कार्यक्रम आफू पनि सामेल हुन पाउँदा गर्व लागेको ,त्यहाको स्थानीय सरकार र राष्ट्रिय मिडियाले राम्रो कभर गरेको उनले बताए।
यात्री शर्मालाई बुधबार साउदीको पुर्बी क्षेत्र दम्मामको काठमाडौं नेपाली रेस्टुरेन्टमा नेपाली साझा मंच संस्थाका अध्यक्ष अन्जान गुभाजु, महासचिव राजु केसी, सचीव डिबि बलामी ,सदस्य दिनेश रम्तेल र काठमाडौं नेपाली रेस्टुरेन्टका संचालक रामु क्षेत्री लगायत ब्यक्तिहरुले अनौपचारिक भेट गरि आर्थिक सहयोग सहित कदर पत्रले सम्मान गर्दै उहाँको आगामी दिनहरुमा विश्व यात्रा मार्फत देश र जनतालाई विश्व सामु परिचित गर्न उल्लेख्य भुमिका रहि रहोस भन्ने शुभेच्छा र आगामी बिश्व यात्रा सरल र सहज होस् भनी कामना गरेका छन् ।
