नुवाकोट/
जिल्लाको म्यागङ गाउँपालिकामा गाउँपालिका स्तरीय म्हेन्दोमाया तथा साईकोले प्रतियोगिता २०८० सम्पन्न भएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने नाराका साथ तिनदिन सम्ममा चलेको उक्त प्रतियोगितामा साइकोले तर्फ २३ समूह र म्हेन्दोमाया तर्फ १८ समूहको सहभागीता रहेको थियो।

म्हेन्दोमायामा म्यागङ – ५ को कल्लाबारी म्हेन्दोमाया समूह विजेता भएको थियो। यस्तै म्यागङ-३, को चिउरी भञ्ज्याङ म्हेन्दोमाया समूह द्वितीय र म्यागङ-६ को पुरानोपानी म्हेन्दोमाया समूहले तृतीय स्थान हासिल गरेको थियो।

साईकोलेमा देउराली सामुदायिक साइकोले समूहले प्रथम स्थान हासिल गर्‍यो। यस्तै सानागङ लिङ्मचो साइकोले समूह द्वितीय र बुङतङ सांस्कृतिक साईकोले समूह तृतीय भएको थियो।

उत्कृष्‍ट तीनलाई क्रमश: रु.५०,०००, रु.२५,०००, रु.१५,०००, डम्फु र प्रमाण-पत्र प्रदान गरेको थियो।

धनम तामाङले संचालन गरेको उक्त समापन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिं लामा प्रमूख अथिति रहेको थियो भने प्रमुख प्रशासकिय अधिकृत रमेश सिङ्दान सभापति रहेका थिए।

अन्य अतिथिहरुमा पालिका प्रमुख, उप-प्रमुख, प्रशासकीय प्रमुख, पालिका कर्मचारीहरु, वडाध्यक्षहरु र अन्य जनप्रतिनिधिहरु र साइकोले र म्हेन्दोमायामा सरोकार राख्ने व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

यस्तैगरी निर्णायकको भूमिकामा म्हेन्दोमाया समाजका संथापक विगेन्द्र वाइबा तामाङ, मोडल, गायक तथा निर्देशक राज किङ वाईबा र रचनाकार, संगीतकार र गायक शैलाव वाइबा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय