नुवाकोट /
‘हाम्रो साँस्कृति, हाम्रो पहिचान’ भन्ने मुल नाराका साथमा म्यागङ गाउँपालिकाको आयोजनामा ‘गाउँपालिकास्तरीय मेन्दोमाया तथा साईकोले प्रतियोगिता २०८० हुने भएको छ।
स्थानिय मौलिक कला र संस्कृतिको सम्मान गर्न गाउँपालिकाले उक्त प्रतियोगिताको आयोजना गरिएको हो।


आगामी पौष ३ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा यहि मंसिर ३० गतेसम्म समूह दर्ता गरिसक्नुपर्ने छ।
प्रथम पुरस्कार नगद रु. रु ५०,०००/- हजार राखिएको उक्त प्रतियोगितामा एक समुहमा बढिमा १२ जनासम्म राख्न पाइनेछ।
म्यागङ गाउँ कार्यपालिकाको भवनमा हुने उक्त प्रतियोगिताको दोस्रो पुरस्कार नगद रु. २५,०००/- हजार र तेस्रो पुरस्कार: नगद रु. १५,०००/- राखिएको छ।
नोटः- यस प्रतियोगितामा आफ्नो मौलिक साँस्कृति, नाँचगान प्रस्तुति गर्न चाहने ब्राह्माण, क्षेत्री, मगर, नेवार तथा अन्य जातीले समेत मिति २०८० पौष १ गते भित्र महिला, बालबालिका तथा जेष्ठ नागारिक शाखामा जानकारी गराउनुहुन समेत प्रमुख प्रशासकिय अधिकृत रमेश सिङ्दानद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
विज्ञप्ति:

