• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    भुकम्प अपडेट: अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुग्यो


    २०८० कार्तिक १८, शनिबार

    २०८० कार्तिक १८, शनिबार

    जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्युहुनेको संख्या १ सय ५७ पुगेको छ।

    मृत्यु हुनेमा जाजरकोटका एक सय पाँच जना रहेका छन् भने रुकुम पश्चिमका ५२ जना रहेका छन्। त्यसैगरी, भूकम्पमा परी जाजरकोटमा ८१ जना, रुकुम पश्चिममा ७९ जना, दैलेखमा र जुम्लामा ३/३ जना घाईते भएका छन्।

    घाईतेमध्ये पाँच जना डिसचार्ज भइसकेका छन् ।जाजरकोटका २३ जनाको भेरी अस्पताल नेपालगञ्ज, १३ जनाको प्रदेश अस्पताल सुर्खेत र अन्य बाँकीको जिल्लामै उपचार भइरहेको छ।

    रुकुम पश्चिमका घाईतेमध्ये ८ जनाको भेरी अस्पताल नेपालगञ्ज, ११ जनाको प्रदेश अस्पताल सुर्खेत, ७ जनाको टिचिङ अस्पताल सुर्खेत र अन्य बाँकीको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको बताईएको छ।

    मिल्दो जुल्दो खबर