नुवाकोट सहित देशको पश्चिम क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ।

शनिबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

उक्त भुइँचालोले जाजरकोट र रुकुम पश्चिममा धेरै मानवीय र भौतिक क्षति गरेको छ। अहिलेसम्म दुई जिल्लामा गरेर कम्तिमा ५० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए ।

कर्णाली र सुदूरपश्चिम क्षेत्रमा यसको धक्का बढी महसुस गरिएको छ।

कर्णालीका दैलेख र जाजरकोट जिल्लामा केही घर चर्काएको प्रारम्भिक विवरण प्राप्त भएका छन्।

भारतको राष्ट्रिय भूगर्भ केन्द्रले ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको र त्यसको केन्द्र नेपालमै रहेको जनाएको छ। यसका असर भने भारत र चीनमा पनि देखिएको जनाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x