नुवाकोट /
बागमती प्रदेशमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी बहादुरसिंहले पाएको छ। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल वैदेशिक भ्रमणमा जाने निश्चित भएपछि उनले आर्थिक मामिला तथा योजना मन्त्री लामालाई कार्यवाहक दिएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले कात्तिक ४ गतेदेखि नफर्किए सम्मका लागि लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्री लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका छन्।

मुख्यमन्त्री जमकट्टेल कात्तिक ४ गते दुबई उड्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ। पारिवारिक भेटघाट तथा भ्रमणसंगै मुख्यमन्त्री जम्कट्टेलले दुबईमा पार्टीका केही कार्यक्रममा सहभागिता जनाउने तालिका रहेको छ। सचिवालयका अनुसार उनको करिब साता दिनको भ्रमण रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय