नुवाकोट /
जिल्लाको एक सहकारीमा चोरी भएको छ ।विदुर नगरपालिका-१३ देउडी स्थित निर्माण कृषि सहकारी संस्थामा गत १८ गते बिहिबार राती चोरी भएको हो।

शुक्रबार विहान सहकारीको झ्याल फोडिएको देखिएपछि स्थानीयले नुवाकोट प्रहरीलाई खवर गरेका थिए। सहकारीबाट नगद ३ लाख ६० हजार र ल्यापटप चोरी भएको सहकारीले जनाएको छ।

सहकारी तथा रेमिट कारोबार गर्दै आईरहेको उक्त सहकारीमा भएको चोरीको अनुसन्धान भैरहको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x