धादिङ/
जिल्लाको सदरमुकाम धादिङबेसीबाट जुवा खालबाट शिक्षक सहित ७ जना पक्राउ परेका छन्।

जुवा खेलिरहेको छ भन्ने सुचनाको आधारमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरि हिरासतमा लिएको जिल्ला प्रहरी धादिङ कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

प्रहरीले पक्राउ परेकाहरुबाट ३ बुक तास र ५८ हजार ६ सय ७० रुपैया नगद समेत बरामद गरेको छ।

धादिङ जिल्ला अदालतले पक्राउ परेकाहरुलाई जुवा सम्बन्धी मुद्दामा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x