सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् ।प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो।

हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुबे’को भूमिका निर्वाह गरेपछि चर्चित बनेका श्रेष्ठ पछिल्लो समय ‘हल्ल्का रमाइलो’ र ‘जुठे’मा देखिदै आएका छन्। ‘हल्का रमाइलो’ र ‘जुठे’ उनको लेखन तथा निर्देशन रहेको फिल्म हो।

यहि प्रकरणमा अन्य १५ जना कलाकार तथा युट्युबर पनि पक्राउको सूचीमा रहेको कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय