काठमाडौ /
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण सुरु गरेको छ।

मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको हो।

नेपाल एयरलाइन्सको तालिकाअनुसार सोमबार काठमाडौंबाट क्वालालम्पुरतर्फ उडेको एयरबस ३२० मंगलबार क्वालालम्पुरबाट भैरहवामा अवतरण भएको हो।

उक्त विमान आज बिहान ८ः५५ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थलका प्रवक्ता विनोदसिंह रावलले जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्नेछ। भैरहवामा केही यात्रुलाई ओरालेर उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्नेछ।

अहिले क्वालालम्पुर–भैरहवाको प्रतियात्रु भाडादर ११ हजार ४६१ रुपैयाँ कायम गरिएको छ। क्वालालम्पुर–भैरहवा–काठमाडौंको भाडादर १२ हजार ३४६ रुपैयाँ कायम गरिएको छ।

सो विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि नेपाल एयरलाइन्सले उडान सुरु गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय