नुवाकोट /
जिल्लाको म्यागङ ५ सामरी भञ्ज्याङमा ३ दिने योग शिविरको समापन गरिएको छ। नागरिक आरोग्य अभियान तथा योग शिविर आज सोमबार समापन गरिएको हो।

उक्त कार्यक्रम म्यागङ वडा नं -६ का अध्यक्ष हरिकुमार तामाङको सभापतित्व र नागरिक आरोग्य सेवा केन्द्र म्यागङका संयोजक तथा म्यागङ गाउँपालिका प्रमुख आशा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त योग शिविरमा ८०/९० जना स्थानीयको उपस्थिति रहेको नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख गोविन्द धामीले नुवाकोट जागरणलाई बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय