रियाद/साउदी अरब/
“देशको लागि केही गरौं ” भन्ने मुल नारा सहित स्थापित संस्था नेपाली साझा मंच साउदी अरबले यहाँ कार्यरत नेपाली श्रमिकहरुको हक अधिकारको सवालमा तथा दुख, समस्या पर्दा सकेको सहयोग गर्दै देशमा भैइरहेको हरेक गतिविधिमा सकारात्मक पहलकदमी गर्दै चासो दिदै आईरहेको छ।

यसै सन्दर्भमा अहिले देशमा आगो बलिरहेको नक्कली भुटानी शरणार्थी काण्डमा देशको उच्च ओहोदाका व्यक्तिहरु तिनको परिवार र सहयोगीहरु प्रत्यक्ष संलग्न भएको तथ्य सार्वजनिक हुनु नेपालको लागि लज्जास्पद र दुःखद घटना भएको भन्दै यस काण्डमा निष्पक्ष छानबिन गरी बिना मोलाहिजा सबै दोषीहरूमाथि कारबाही गर्न सरकार दृढतापूर्वक भ्रष्टाचार र अनियमिततासँग सम्बन्धित दबिएका र दबाइएका अन्य घटनाहरूमा पनि यसैगरी निष्पक्ष छानविन अगाडि बढाउन समेत नेपाली साझा मन्च साउदीद्वारा जोडदार माग गर्दै मंचका अध्यक्ष अन्जान गुभाजु, महासचिव राजु केसीको हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तीको पुर्णपाठ:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय