नुवाकोट/
जिल्लाको प्रहरी चौकी सामरीले अवैधरुपमा ओसारपसार गर्दैगरेको सालको काठसहित २ जनालाई पक्राउ गरेको छ। कागुनेबाट धादिङको भोग्टेनितर्फ लगिदै गरे सालको काठ र गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
अवैध रूपमा ओसारपसार भइरहेको ८४ दशमलव ८७ क्युफिट सालको काठ प्रहरीले ओसारपसार गरिरहेको गाडीसहित बरामद गरेको हो।
बा३क ३२९६ नम्बरको आईचर गाडीसहित सालको काठ र दुई जना युवकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सालको चिरुवा काठ अवैध रूपमा लोड गरी लैजाँदै गरेको अवस्थामा आइचर गाडीका चालक म्यागाङ गाउँपालिका–३ का २१ वर्षीय योगेश तामाङ र सोही गाडीमा सवार रहेका विदुर नगरपालिका–१३ का ५० वर्षीय मैत तामाङलाई सालको काठ र गाडीसहित नियन्त्रणमा लिई कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।

