जनकपुर विमानस्थलको रनवेमा स्याल: अवतरण नगरी काठमाडौ फर्कियो विमान

समाचार

काठमाडौ /
जनकपुर विमानस्थलको रनवेमा स्याल आएपछि अवतरण नगरेर यति एयरलाइन्सको जहाज काठमाडौँ फर्केको छ।

पाइलटले दुई पटक अवतरण गर्न खोजे पनि रनवेमा स्याल आइसकेपछि यति एयरलाइन्सको जहाज काठमाडौँ फर्किएको हो। एयरलाइन्सका प्रबन्धक राजेश सिंहका अनुसार दुई पटक अवतरण गर्न खोजे पनि अवतरण गर्न नसकेपछि जहाज फर्किएको छ।

उनका अनुसार पहिलो पटक खराब मौसमका कारण र दोस्रो पटक रनवेमा स्याल आएपछि जहाज फर्केको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *