मलेसियामा मेडलिस्ट प्राप्त खेलाडी: नुवाकोटका गणेश तामाङ सहित ५ जना सम्मानित

खेलकुद समाचार

नुवाकोट /
मलेसियाको क्वालालम्पुरमा भएको 12th silent knight karate cup 2023 का मेडलिस्ट खेलाडीहरु सम्मानित भएका छन् ।खेलाडिहरु लाई बुढानिलकण्ठ नगरपालिकाले सम्मान गरेको हो।

सम्मानित खेलाडीहरुमा म्यागङको सामरी कल्लाबारी डोजोका प्रमुख प्रशिक्षक गणेश तामाङ ,अविनाश चौधरी, राजदेव बमजन, दिपा थापा मगर र ज्यासमिना खड्का रहेका छन।

खेलाडिहरु लाई बुढानिलकण्ठ नगर प्रमुख मिठालाल अधिकारी र बुढानिलकण्ठ नगरपालिका खेलकुद प्रमुख एवम गोल्फुटार करा‌‌ते डो का अध्यक्ष स‌ुमन ‌तामाङ, उत्तरी प्रम‌ुख शाखा डोजो बुढानिलकण्ठका प्रमुख प्रशिक्षक एवम A.K.F कोच वरिष्ठ करा‌ते प्रशिक्षक प्रेम लाल बम्जनद्वारा सम्मान गरिएको हो।

खेलाडिहरूलाइ बुढानिलकण्ठ नगरपालिका -८ द्वारा सम्मान पत्र र ट्रयाक सेट प्रदान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *