नुवाकोट /
नेपाली लेखक सङ्घ नुवाकोट कार्य समिति र नुवाकोट साहित्य प्रतिष्ठानकाे सँयुक्त आयाेजनामा नेपाली लेखक सँङ्घ नुवाकोटले पनि प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाएको छ।
अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाली लेखक सङ्घले वैशाख १६ गते देशैभर विभिन्न रचनात्मक कार्यक्रमहरुकाे आयाेजना गरी प्रथम लेखक दिवस२०८० राष्ट्रभरि नै भव्यताका साथ सम्पन्न गरेको हो।


सम्पूर्ण लेखकहरुले गौरव गर्ने लाईवेरी पर्वका दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय नेपाली लेखक सङ्घले गरेको थियोे ।त्यसै निर्णय अनुसार शनिबार नेपाली लेखक सँङ्घ नुवाकोट कार्य समितिले पनि राष्ट्रिय लेखक दिवस २०८०सम्पन्न गरेको छ।
उक्त लेखक दिवसको अवसरमा नुवाकोट साहित्य प्रतिष्ठानका सँस्थापक अध्यक्ष तथा युवा साहित्यकार श्रीराम श्रेष्ठले आफ्नो भनाइ राख्दै युवा पुस्ताले अध्यायनमा ध्यान दिनुपर्ने यसरी युवा पुस्तालाई अध्ययायनशिल वनाउन युवाहरु जमघट हुने स्थानहरुमा पुस्तकालय खाेलिनुपर्ने जस्ले गर्दा तेतिकै खेर गएकाे समयकाे सदुपयोग गरी युवाहरुले उक्त समय पुस्तक अध्यायनमा लगाउनेछन् र अध्यायनवाट नै युवा पुस्ताले नयाँ नयाँ खाेज तथा अनुसन्धान गर्न सक्ने कुरा जानकारी गराए।
यसरी प्रथम राष्ट्रिय लेखक दिवस मनाउने क्रममा नेपाली लेखक सङ्घका बागमती प्रदेश केन्द्रीय सदस्य भगवती खनालले नेपाली लेखक सँङ्घकाे स्थापना उदेश्य र नेपाली लेखक सङ्घ के हाे भन्ने विषयमा जानकारी गराएका थिए।त्यसैगरी कार्यक्रम सञ्चालन लेखक सँङ्घका सदस्य रामचन्द्र ढुङ्गेलले गरेका थिए भने उपस्थित साहित्यकारहरुले आगामी दिनहरुमा नेपाली लेखक सङ्घ नुवाकोट कार्यसमितिले साहित्यिक कार्यक्रमहरु समय समयमा गरिरहनुपर्ने र गाउँ गाउँ सम्म पुगेर साहित्यिक कार्यक्रम गरि नयाँ प्रतिभाकाे खाेजि गर्नुपर्ने कुरा कार्यक्रममा बताएका थिए ।
यसरी प्रथम राष्ट्रिय लेखक दिवसकाे अवसरमा सम्पूर्ण साहित्यकारहरुलाई प्रथम राष्ट्रिय लेखक दिवसको शुभकामना सहित नेपाली लेखक सङ्घ नुवाकोटको कार्यक्रम समापन भएको थियोे ।उक्त कार्यक्रम नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भएको थियोे ।

