काठमाडौ /
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले एक्काइसौं शताब्दीका युवाको आकांक्षा आफूहरुले पूरा गर्ने बताएका छन् ।आज (बुधबार) निर्वाचित भएपछि धन्यवाद सभालाई सम्बोधन गर्दै वाग्लेले देश विदेशमा भएका युवाहरुसँग जोडिएर जनसरोकारका विषयलाई पुरा गर्ने गरी रास्वपा लागिरहने बताएका हुन्।

‘छोटो समयमा अत्यन्तै ठूला–ठूला प्रगति हामीले गर्नुछ। एक्काइसौं शताब्दीका युवाहरुको आकांक्षा अब राष्ट्रिय स्वतन्त्र पार्टीले पुरा गर्छ। उहाँहरुलाई जोडेर हामी २०८४ सालको निर्वाचनमा होमिने छौं,’– उनले भने।

अहिलेको उपनिर्वाचनले नेपाली राजनीतिमा ठूलो भूकम्प ल्याइदिएको उनको टिप्पणी छ। यो उपनिर्वाचन केवल ट्रेलरमात्रै भएको र पूरै फिल्म हेर्नका लागि २०८४ सालको आम निर्वाचनसम्म कुर्नुपर्ने उनले बताए।

‘एउटा ठूलो कम्पन, अहिलेको उपनिर्वाचनले राजनीतिमा भूकम्प ल्याइदिएको छ। यो त ट्रेलरमात्रै हो। बाँकी फिल्म त हामीले हामीले हेर्न बाँकी नै छ,’– वाग्लेले भने।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x