• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    नुवाकोटका चेली भारतमा लगेर बेच्ने एकजना विदुरबाट पक्राउ


    २०७९ चैत्र २९, बुधबार

    २०७९ चैत्र २९, बुधबार

    नुवाकोट/
    जिल्लाका महिलालाई ललाइफकाई भारतमा पुर्‍याउने दलाल पक्राउ परेको छ। भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम भन्ने हेरिङडोल्मा तामाङलाई नुवाकोट प्रहरीले विदुरबाट पक्राउ गरेको हो।

    शिवपुरी -१ तलाखुका ४० वर्षीया उनलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको सूचनाका आधारमा पक्राउ गरिएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    उनका अनुसार ती महिलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सोमबार नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

    उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअनुसार पीडितले दिएको उजुरीमा हदैसम्म (सर्वस्वसहित)को कारबाहीको माग गरिएको छ।

    मिल्दो जुल्दो खबर