नुवाकोट /
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले उक्त सुरुङमार्ग नुवाकोट, रसुवा र धादिङको मात्र नभई उत्तरी छिमेकीसँग जोड्ने मार्गका रूपमा रहेको भन्दै तत्काल यसको निर्माण अघि बढाउन सरकारसँग माग गरेका हुन।
‘आर्थिक वर्ष ०७७/७८ मा ६ अर्ब ४२ करोड बजेट विनियोजन भए पनि अहिलेसम्म त्यसमा खोस्रने पनि काम भएको छैन। सरकारले गरेका वचनबद्धता र छुट्याइएको बजेटलाई एकातर्फ राखेर निर्माणको काम भएको छैन। यतातर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु,’ उनले भनेका छन।
