नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्ष पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता (प्रथम संस्करण)” हुने भएको छ। उक्त प्रतियोगिता २०८० साल बैशाख ८ गतेदेखि शुरु हुने भएको हो।
२०८० बैशाख ८ गते देखि १२ गते सम्म संचालन हुने उक्त खेल म्यागङ -५ सामरीको श्री जलपादेवी मन्दिर खेल मैदानमा हुनेछ।


उक्त प्रतियोगिताको विहेताले प्रथम पुरस्कार नगद रु २ लाख ट्रफी, मेडल, द्वितिय पुरस्कार नगद रु १ लाख ट्रफी, मेडल र तृतीय पुरस्कार नगद रु ५० हजार पाउनेछन।

