नुवाकोट /
दिउँसोको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ परेका छन ।टोखा -७ धापासी हाइटस्थित भेषराज दहालको घरबाट सुन र नगद चोरी गरेको आरोपमा एक नुवाकोटे सहित ३ जना पक्राउ परेका हुन।

कोठाको ढोका फोरेर सुनका बिभिन्न गरगहना तथा नगद गरी रू. ८,९१,२५०/- मुल्य बराबरको धनमाल चोरी भएको उजुरीका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो।

चोरीमा संलग्न बुटवल -५ रुपन्देहीका रोशन गौतम र चितवन टाँडीका अर्जुन परियार तथा चोरीको सुन किन्ने विदुर -१२ पिपलडाँडाका तुलबहादुर बिक पक्राउ परेका हुन् ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगञ्ज पठाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय