गर्न खोज्या के हो मेरो हात समाइ बेलाबेलामा
अझै जति दिनुछ दिनुस् दु:ख आइ बेलाबेलामा!
यहाँ राम्रै मद्दत गरेकी छौ गजलकार बन्नलाई
नत्र सकिन्न थियो ठक्कर नखाई बेलाबेलामा!
आँसु पिउने गर्या छु बुझ्नुस् दिनरात नभनी
दिन नभुल्नु अझै पीडामा बधाई बेलाबेलामा!
हासो खुसी आउँछ क्षणभरमा फुत्केर जान्छ
राख्नु पर्छ दु:ख चाँहि अल्झाइ बेलाबेलामा!
जिन्दगी के रहेछ बुझ्दैछु मैले हिजो-आज
मुटु जलाउनु पर्छ आगो लगाई बेलाबेलामा!
✍️ बिरेन्द्र सुवेदी
पाँचथर