नुवाकोट /
बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा तामाङ नियुक्त भएका छन्।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमतिअनुसार बागमतीमा कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीको दावी गर्दै नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष मंगलवार दिउँसो पत्र पेश गरेका थिए।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री लामाको पद तथा गोपनीयताको शपथ बुधवार विहान ११ बजे हुनेछ। कांग्रेसका ३७ र एमालेका २७ जना प्रदेशसभा सदस्यको समर्थनमा लामा मुख्यमन्त्री भएका हुन्।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतवार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दललाई सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय