नुवाकोट /
जिल्लामा साहित्य संगम नुवाकोटको नयाँ कार्यसमिति चयन गरिएको छ। सुमित्रा सुमि पौडेलको अध्यक्षतामा नयाँ कार्यासमिती चयन गरिएको हो।

नेपाली भाषा साहित्यकाे सम्बर्धनमा टेवा पुर्याई ओझेलमा परेका स्रष्टाकाेे खाेजी गर्दै गाउँ शहर कुना कन्दरा बस्तीहरुमा साहित्यिक सृजनारुपी दियाे बाल्दै  अग्रजलाई सम्मान अनुजलाई स्थान दिने उद्श्यले बिधिबत रुपमा वि. सं २०७५ सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता हरेक साहित्यिक यात्रा अगाडि बढाउने क्रममा यसै संस्थाकि अध्यक्ष श्री सुमित्रा सुमि पौडेलकाे सभापतित्वमा यहि जेष्ठ २६ गते छैटौं वार्षिक उत्सब मनाइएकाे थियाे।

उक्त कार्यक्रममा बिदुर नगरिकाका मेयर राजन लाल श्रेष्ट प्रमूख अतिथि,पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषि प्रसाद लामिछाने “गाेर्खे साईला” बिदुर ४ का वडा अध्यक्ष निलम बाबू ढुँगेल,बिदुर १ का वडा अध्यक्ष लेनिन रञ्जित,बिदुर २ का वडा अध्यक्ष दिपक कायस्थ,बिदुर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने र बिदुर ६ का वडा अध्यक्ष श्यामकृष्ण चालिसेकाे विशेष आतिथ्यता र सावित्री गिरि पाेखरा, लीली अधिकारी पाेखरा टुकादेबी पौडेल तनहु नेपाल रेडक्रस साेसाईटी नुवाकाेटका सभापती हरी श्रेष्ट लगाएत संस्थाका पदाधिकारी एबं विशिष्ट आजिवन सदस्यहरु र बिबिन्न स्मृति काेष स्थापना गरि नगद सहित सम्मान प्रदान गर्ने दाताहरु, सम्मान ग्रहण गर्ने स्रष्टाहरु सृजना बाचनका लागि स्रस्टा र सर्जकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाकि काेषाध्यक्ष रुपा थापाले राखेकी थिए भने कार्यक्रम सञ्चालन संस्थाका सह सचिब रामकृष्ण पाण्डे “अमन एकलले” गरेका थिए।

नयाँ कार्यसमिति:

अध्यक्ष श्री सुमित्रा पौडेल
उपध्यक्ष श्री रामकृष्ण पाण्डे अमन एकल
सचिव श्री छवि ओझा 
सह – सचिव श्री रमेश गिरि
काेषाध्यक्ष श्री रुपा थापा
सह – काेषाध्यक्ष श्री श्रीधर पाण्डे
सदस्य श्री पुष्कर अधिकारी
सदस्य श्री शान्ति सिग्देल
सदस्य श्री कृष्ण अधिकारी
सदस्य श्री सराेज के सी सराेवर
सदस्य श्री बिष्णु कुमारी तामाङ

संरक्षक तथा पुरस्कार कोष संस्थापकहरू:

श्री मीन तामाङ(नुवाकोट)
श्री इन्दिरा चापागाईं(भक्तपुर)
श्री सुमित्रा सुमी( नुवाकोट)
श्री सरस्वती पौडेल (रसुवा)
श्री हरि पाण्डे (बेल्जियम)
श्री कुमार गुरुङ( बेल्जियम)

सल्लाहकार समिति:

सल्लाहकार श्री शम्भू प्रसाद गजुरेल
सल्लाहकार श्री ऋषि प्रसाद लामिछाने
सल्लाहकार श्री राम प्रसाद मिश्र
सल्लाहकार श्री रामचन्द्र तिम्सिना
सल्लाहकार श्री शिवराम भट्ट
यसरी वार्षिक उत्सव, नयाँ कार्य समिति पुनर्गठन गरि कार्यक्रम समापन गरिएकाे हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय