म्यागङले एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान गर्ने

विद्यार्थी समाचार

नुवाकोट/
जिल्लाको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ।

हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

एसइईमा ४ जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई रु ५० हजार र ३ दशमलव ६ देखि ४ भन्दा कम जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद रु २० हजारसहित सम्मान गर्ने निर्णय गरेको हो।

यो व्यवस्था चालु शैक्षिकसत्रदेखि सुरु गर्न लागिएको हुँदा आवश्यक बजेटको सुनिश्चित भइसकेको छ भने कानुनी प्रक्रिया अन्तिम चरणमा पु¥याइएको पालिका उपप्रमुख सीता तामाङले नुवाकोट जागरणलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *