नुवाकोट /
एमाले महासचिव शंकर पोखरेलले फागुन २५ गते राष्ट्रपति चयन प्रक्रिया पुरा भएपछि कांग्रेस नेतृत्वको सरकार निर्माण हुने अवस्था सिर्जना हुने दाबी गरेका छन् ।संविधानको प्रावधान अनुसार नै कांग्रेसलाई सरकार निर्माण गर्ने अवसर प्राप्त हुने उनले उल्लेख गरेका छन्।

बुधबार एक पत्रिकालाई दिएको अन्तर्वार्तामा महासचिव पोखरेलले अहिले बनेको गठबन्धनको अन्तर्य र संभावित राजनीतिक परिदृश्यबारे बोल्दै कांग्रेस पुष्पकमल दाहालको आदेश मानेर तीन वर्षसम्म बस्न नसक्ने उल्लेख गरे।

२५ गते राष्ट्रपति चयन भइसकेपछि के हुन्छ ? भन्ने प्रश्नमा महासचिव पोखरेलले भने, ‘कांग्रेसका लागि माओवादी बोकिरहनुपर्ने बाध्यता हुँदैन। किनभने माओवादी कांग्रेसले छोड्यो भने कांग्रेसको नेतृत्वको सरकार बन्छ। संविधानले त धारा ७६ को उपधारा २ अन्तर्गतको सरकारले बहुमत गुमायो भने त्यसपछि उपधारा ३ अन्तर्गतको सरकार बन्छ। ठूलो पार्टीको हैसियतमा सरकार बनाउने अधिकार कांग्रेसको हुन्छ। आफ्नो हातमा आएको सरकार छोडेर पुष्पकमल दाहाल प्रचण्डको आदेश मानिरहने कुरा साढे तीन वर्षसम्म कांग्रेसका लागि स्वीकार्य होला त ?’

उनले त्यस्तो अवस्थाबारे २५ गते पछि एमालेले सोच्ने बताए। ‘के गर्ने भन्ने कुरा २५ गतेपछि हामी सोचौंला। अहिले त पुष्पकमल दाहालको जे प्रवृत्ति छ त्यो प्रवृत्ति मुलुकका लागि कति नोक्सानदायी रहेछ भन्ने कुरा माओवादी स्वयंलाई अनुभूत हुन दिनु पर्‍यो नि! एमालेका कारण पुष्पकमल दाहालले दु: ख पाए भन्ने हामी देखाउन चाहन्नौं। पुष्पकमल दाहाल हिँडेको बाटाका कारण उनी दुर्घटनामा परे भन्ने देखाउन चाहन्छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय