नुवाकोट /
जिल्लामा ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नुवाकोट साहित्य प्रतिष्ठानले अन्तरक्रिया कार्यक्रम गरेको छ। शम्भु प्रसाद शर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरेको हो।
कार्यक्रममा युवा साहित्यकार श्रीराम श्रेष्ठद्धारा लिखित प्रजातन्त्र दिवस:सान्दर्भिकता र महत्त्व कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्र माथि नुवाकोट साहित्य प्रतिष्ठानका सदस्य राजकुमार आचार्य सचिव मुकुन्दराज अर्याल रामचन्द्र ढुङ्गेल लगायतले टिप्पणी गरेका थिए।श्रेष्ठले प्रस्तुत गरेका कार्यपत्रमा प्रजातन्त्र प्राप्तिका लागि कयौं वर्ष देखि धेरै बलिदान र विद्रोह भएतापनि प्रजातन्त्र र लाेकतन्त्रलाई जनताद्धारा चुनिएका प्रतिनिधिहरुले सहि मुल्यांकन गरि फलाउन फुलाउन नसकेकाे,दलहरुकाे सत्ता स्वार्थले गर्दा देश अन्तै धकेलिएको ,जस्ले गर्दा नेपाली जनताले सधैं कष्ट भाेग्नु परेको ,कानुनी राज्यको उपहास भई भ्रष्टाचार मौलाएको ,नेपाली जनताको समस्या कतिपनि नघटेकाे जस्ले गर्दा देश बिकासकाे लागि आवश्यक पर्ने नेपाली युवाहरु दैनिक हजारौं हजार विदेश पलायन हुनुपरेको र ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाउँदै गर्दा पनि नेपाली जनताले आफ्नाे अधिकार अझै पनि नपाएको हुनाले अबकाे समयमा जनताले आफ्नाे अधिकार पाउन ,आन्दोलनकाे र सहिदहरुका मर्महरुलाई शासकहरुले ध्यान दिउन,जनलहरका उदेश्य सँवाेधन हाेस भन्ने कार्यपत्रमा प्रस्तुत गरेका थिए।
यसरी नुवाकोट साहित्य प्रतिष्ठानले गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न सँघ सँस्थावाट वुद्धिजिविहरु,साहित्यकार पत्रकारहरुलाई सहभागी भएका थिए भने नुवाकोट साहित्य प्रतिष्ठानका उपाध्यक्ष जानुका दाहालले नुवाकोट साहित्य प्रतिष्ठानले गर्दै आएकाे कार्यक्रमकाे कार्य तालिका तथा अन्तरक्रियामा सहभागी सवैलाई स्वागत गरेका थिए ।
प्रजातन्त्र दिवस मनाउँदै आएता पनि अझै प्रजातन्त्र प्राप्त भईनसकेकाे कुरा अन्तरक्रिया कार्यक्रममा सहभागी सबैले प्रजातन्त्र दिवस र सान्दर्भिकता र महत्त्वका विशयमा आ-आफ्नाे विचार राखेका थिए भने कार्यक्रम बट्टार बहुमुखी क्याम्पसमा भएको थियोे ।


