काठमाडौ /
नेकपा (एमाले) ले राष्ट्रपतिमा रामबहादुर थापा ‘बादल’ लाई अघि बढाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बादलको नाममा माओवादी पनि सहमत हुने भएपछि उनलाई अघि सार्ने तयारी गरेको विश्वस्त स्रोतको दाबी छ ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्ने बताईरहेको बेला ओलीले बादललाई अघि सारेर उनको नाममा सहमति गर्न खोजेका छन् । ओलीले बादलको नाम लिएपछि प्रचण्ड पनि सोच्न बाध्य भएका छन् ।

बादल प्रचण्डका पूर्व सहयोद्धा हुन् । नेकपामा विभाजन हुँदा बादल प्रचण्डको साथ छोडेर ओलीको कित्तामा उभिएका थिए । अहिले संसदीय राजनीतिमा निष्क्रिय बसेका बादललाई ओलीले सक्रिय बनाएका छन् । प्रधानमन्त्री दाहालसँग बादलको जनयुद्धकालमा सुमधुर सम्बन्ध थियो । बादललाई राष्ट्रपति बनाउँदा जनजाति आन्दोलनको पनि न्याय हुने भएकोले उनको नाममा प्रचण्डले पनि सहमति जनाउने अड्कलबाजी भएको छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा खट्पट् सुरु भएको अनुमान छ । प्रधानमन्त्री दाहालले २६ पुषमा विश्वासको मत लिँदै गर्दा नेपाली कांग्रेसको पनि मत पाएका थिए । संसद्मा अभूतपूर्व मत पाएपछि दाहालले राष्ट्रपतिमा सबै दलको साझा व्यक्तिको खोजी गरेका छन्।
दाहालले राष्ट्रपतिमा साझा सहमति खोज्ने अभिव्यक्ति दिएपछि एमाले नेतृत्व बिच्किएको छ।

एमाले अध्यक्ष ओलीले भने कुनैपनि हातमा एमालेकै उम्मेदवारकै नाममा सहमति हुनुपर्ने अडान लिएका छन् ।राष्ट्रपतिको निर्वाचनमा माओवादी निर्णायक छ। उसले कांग्रेस वा एमाले जसको उम्मेदवारलाई समर्थन गर्छ उसैले जित्ने सम्भावना रहेको छ। ओलीले आज÷भोलिभित्रै बादललाई बालुवाटार लगेर प्रचण्डसँग छलफल गर्ने तयारी भएको पनि स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय