नुवाकोट /
जिल्लाको बट्टारबाट तारकेश्वरको गोर्स्याङ जादै गरेको यात्रुबस दुर्घटना भएको छ। जिल्लाको विदुर नगरपालिका १२ चैनपुरमा दुर्घटना भएको हो।
बट्टारबाट गोर्स्याङ दाङ्सिङ जाने लोकल बस चैनपुरको उकालोमा ब्रेक फेल भएर पल्टिदा दुई जनको मृत्युु भएको छ भने अन्य धेरै घाइते भएको छ।
घाइतेहरु सबैलाई जिल्ला अस्पताल लगिएको स्थानीय विनोद तामङले बताए ।

