नुवाकोट /
जिल्लाको म्यागङ -५ पोखरी डाँडामा जारी पाँचौ नगिनिकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल पूरा भएको छ। नुवाकोट युनाइटेड फुटबल क्लब (बट्टार) र विद्यार्थि उपकार संघ (पात्ले) धादिङ फाइनल प्रवेश गर्दै सेमिफाइनल खेलहरु सकिएको हो।

आज शुक्रबार भएको खेलमा नुवाकोट युनाइटेड फुटबल क्लब (बट्टार) ले नवस्टार युवा क्लब (पोखरी)लाई ५-३ गोल अन्तरले हराउँदै फाइनल यात्रा सुनिश्चित गरेको छ।

त्यस्तै आजै भएको अर्को सेमिफाइनल खेलमा आयोजक नगिनिथानलाई २ का विरुद्ध ३ गोल गर्दै विद्यार्थि उपकार संघ (पात्ले) ले फाइनलसम्मको यात्रा सुनिश्चित गरेको छ।

फाइनल खेल भोलि शनिबार माननीय बहादुरसिङ्ग लामाको प्रमुख आतिथ्यतामा हुनेछ भने समापन समारोहमा रास्ट्रीय र स्थानीय कलाकार सहितको सांस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय