दोस्रो चिउरी भञ्ज्याङ कप भलिबल: पहिलो दोस्रो तेस्रो सबै उपाधी किम्ताङलाई

खेलकुद समाचार

नुवाकोट /
जिल्लाको म्यागङ -३ देउरालीमा दोस्रो चिउरी भञ्ज्याङ कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा म्यागङ -४ किम्ताङको लालिगुराँस युवा क्लबको ‘ए’ ‘बि’ र किम्ताङ कै द राजिङ युवा क्लबको टिम विजयी भएको हो।

म्यागङ गाउँपालिका प्रमुख आशा तामाङको प्रमुख आतिथ्यता र उपप्रमुख सीता तामाङको विशेष आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो।

हिजो सम्पन्न उक्त खेलमा न्यु लाली गुराँस युवा क्लब( ए) प्रथम, न्यु लाली गुराँस युवा क्लब (बि)दोस्रो र किम्ताङ कै द राजिङ युवा क्लब तेस्रो बनेको छ भने प्रथम हुने टिमले रु ३० हजार द्वितीय हुनेले २० हजार र तेस्रो हुने टिमले १० हजार पुरस्कार जितेका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *