घरायसी विवाद हुँदा ककनी १ चित्रेमा एकजनाको ज्यान गयो

समाचार

नुवाकोट/
जिल्लाको ककनीमा घरायसी विवादले एकजनाको ज्यान गएको छ ।ककनी गाउँपालिका वडा नम्बर १ ठुलो चित्रेमा घरायसी विवादमा स्थानीय ४० वर्षीय माइला तामाङ (काले)को ज्यान गएको हो।

माइलाले आफ्नो श्रीमतीलाई कुटपिट गरेको भन्दै माइती पक्षले गरेको कुटपिटका क्रममा माइलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

आफ्नो चेलीबेटीमाथि आक्रमण गरेको भन्दै कुटपिट गर्ने माइती पक्षका केहिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *