नुवाकोट/
जिल्लामा गोरु काटेर मासु भाग लगाउँदै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।दुप्चेश्वर गा.पा.-४ सानुगोल्फु स्थित सुईनचेल खोलामा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा शुक्रबार राति ११ बजे पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनीहरूको साथबाट अन्दाजी ८० केजी मासु समेत बरामद भएको प्रहरी जनाएको छ ।पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको प्रहरी चौकी समुन्द्रटारले बताएको च ।

पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी अपराध संहिताको परिच्छेद २७ अनुसार कारबाही गरिने भएको छ ।

मुलुकी अपराध संहिता २०७४ ले गाई, गोरु मार्न वा कुट्न नहुने त्यसो गरेमा अपराध गरेको ठहर गर्दै सजाय समेत तोकेको छ। संहिताको परिच्छेद २७ मा रहेको पशुपक्षी सम्वन्धि कसूरको दफा २८९ मा कसैले गाई वा गोरु मारेमा तीन वर्षसम्म कैद र कुटेर अङ्गभङ्ग पारेमा ६ महिनासम्म कैद हुने व्यवस्था रहेको छ ।

तर कुनै गाई वा गोरुले आफ्नो वा अरुको जिउ वा ज्यानमा पुर्याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने कसूर गरेको मानिने छैन भनेर पनि सोही दफामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x