गठबन्धनको नयाँ अध्याय शुरु: प्रचण्ड साँढे दुईवर्ष प्रधानमन्त्री 

ताजा समाचार राजनीति समाचार

नुवाकोट/
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेकासहितका दलहरुबीच सहमति भएको छ।

आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको विभिन्न दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गरेको हो।

सहमतिको पुष्टि माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि गरेका छन्। उनले सहमति भएको जानकारी दिँदै नयाँ यात्राको सुरुवा भएको उल्लेख गरेका छन्।

अहिले बालकोटमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल र नेकपा माओवादी केन्द्र उपमहासचिव वर्षमान पुनले सहमतिको ड्राफ्ट बनाइरहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीको नेतृत्वबीच बैठक भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *