राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई सार्वजनिक रूपमा बोल्न प्रतिबन्ध

ताजा समाचार राजनीति समाचार

नुवाकोट /
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाइएको छ।

सांसद पदको सपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यममा बोल्न पार्टीले प्रतिबन्ध लगाएको हो।

अहिले नै पार्टीको आधिकारिक नीति र विचार प्रष्ट नभएको, नयाँ सरकारमा हुने भूमिका पनि नखुलिसकेको अवस्थामा मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको हो।

‘सपथ निलिई अहिले नै मिडियासँग नबोल्ने भन्ने पार्टीको आग्रह छ,’ रास्वका एकजना सांसदले भने।

मंसिर ४ को निर्वाचनबाट संघीय संसदको चौथो शक्तिका रूपमा उदाएको यो दलका २० सांसद रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *