नुवाकोट /
प्रहरीले बैंकिङ कसुर गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। जिल्लाको ओखरपौवा घर भइ काठमाडौँको तारकेश्वर बस्ने २९ वर्षीय श्रीराम घिमिरेलाई पक्राउ गरेको हो।
उनलाई बालाजुबाट पक्राउ गरेको छ। उनीमाथि रु चार लाख ५० हजार बिगो बराबरको बैंकिङ कसुर गरेको आरोप छ ।


