• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    मलेसियामा २ नेपाली युवा मृत भेटिए


    २०७९ मंसिर १८, आइतबार

    २०७९ मंसिर १८, आइतबार

    काठमाडौ /
    मलेसियाको तमान पेरिन्डस्ट्रियन अकल्यान्डमा २ नेपाली युवा मृत भेटिएको एनएसटी डटकम मलेसियाले जनाएको छ।

    उनीहरुको अनुहारमा चोट लागेको पाइएको छ। मृतकहरु ३५ र ४६ वर्षको भएको बताइएको छ। उनीहरु कामदारहरुको क्यान्टिनको भुइँमा मृत भेटिएका हुन्।

    जिल्ला प्रहरीका प्रमुख असिस्टेन्टन कमिसनर नन्द मरोफले त्यही क्यान्टिनको एक जना नेपाली सञ्चालकलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको बताए।

    घटनाबारे जानकारी पाएलगत्तै प्रहरी र डाक्टरको टोली पुगेको थियो। डाक्टरको टोलीले तत्कालै उनीहरुलाई मृत घोषित गरेको थियो। उनीहरुको अनुहारमा रगत र चोट भेटिएको थियो।

    घटनाको प्रकृतिअनुसार मदिरा पिएर झगडा भएको हुनसक्ने अनुमान गरिएको छ। ती कमिसनरका अनुसार घटनास्थलमा ह्यामर बरामद भएको छ। त्यही प्रयोगमार्फत उनीहरुको मृत्युको आशंका गरिएको छ। रासस

    मिल्दो जुल्दो खबर