आज बलाचतुर्दशी: दिवंगत पितृहरुको सम्झनामा शतबिज छरेर मनाइदै

समाचार

नुवाकोट /
मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी पशुपतिनाथ क्षेत्रमा मंगलबार बिहानैदेखि शतबीज छर्नेको घुइँचो लागेको छ।

यसअघि श्रद्धालु पितृका दीप बाली जाग्राम बसेका थिए। अघिल्लो दिन विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै नदीमा बत्ती बगाउने परम्परा छ।

श्रद्धालु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन्। शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन्।

चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने जन्ममृत्युको चक्रबाट मुक्त भइने चतुर्वर्ग चिन्तामणि नामक ग्रन्थमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *